A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/nefegorg/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

Nepal Foreign Employment Agent Association

नीति तथा कार्यक्रम

  • १.इजाजत प्राप्त प्रतिनिधि एजेन्टहरुलाई आर्थिक संकट परी ऋण सहयोगको आवश्यकता भएमा त्यस्तो आवश्यकता पहिचान गरी मुनासिफ माफिकको रकम एशोसिएसनले ऋण दिन सक्ने छ । त्यस्तो ऋण दिने प्रक्रिया नियमावली एवं कार्यविधि निर्देशिकामा व्यवस्था भए अनुसार हुने छ ।
  • २. वैदेशिक रोजगारमा संलग्न सबै प्रतिनिधि एजेन्टहरुलाई अनिवार्य रुपमा इजाजतपत्र लिएर मात्र वैदेशिक रोजगारीको लागि प्रतिनिधि एजेन्टको काम गर्न पाउने व्यवस्था मिलाइने छ ।
  • ३. नेपाल सरकारबाट वैदेशिक रोजगार विभागबाट प्रतिनिधि एजेन्ट कार्यको लागि इजाजतपत्र प्राप्त गरेको प्रतिनिधि एजेन्ट हरुलाई नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसनको सदस्यतामा आवद्ध गरिने छ । इजाजतपत्र लिई नसकेका र लिने प्रक्रियामा रहेकाहरुको हकमा चाँडोभन्दा चाँडो सबै प्रतिनिधि एजेन्टहरुले वैदेशिक रोजगार ऐन, २०६४ मा व्यवस्था भए अनुसारको इजाजतपत्र लिइसक्नु पर्ने व्यवस्था मिलाइने छ ।
  • ४. प्रतिनिधि एजेन्टका रुपमा काम गर्दैर् आएका व्यक्तिले सरकारले तोकिदिएको समयभित्र इजाजत पत्र लिने गरी नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसनको सदस्यता दिन सकिने छ ।
  • ५ कुनै पनि प्रतिनिधि एजेन्टलाई एशोसिएसनको सदस्यता दिने नदिने विषयमा सञ्चालक समितिले निर्ण्र्गर्नेछ
  • समितिले सदस्यता दिन योग्य भए नभएको यकिन गरेर मात्र प्रतिनिधि एजेन्टलाई सदस्यता प्रदान गर्नेछ । एशोसिएसनको सदस्यता प्राप्त गरेका प्रतिनिधि एजेन्टले एशोसिएसनले तोकेको -वाणिज्य) बैंकमा खाता खोल्नु पर्नेछ । त्यस्तै प्रतिनिधि एजेन्टले विदेश जाने कामदारलाई पनि एशोसिएसनले तोके अनुसार को वाणिज्य बैकमा खाता खोल्न ल्ागाउनु पर्ने छ ।
  • ६. प्रतिनिधि एजेन्टहरुले वैदेशिक रोजगारका लागि पठाएको कामदारको सवै विवरण फारम एशोसिएसनमा भर्न लगाई सफ्टवेरमा राखिने छ । यसरी एशोसिएसनको फारम भरी विदेश गएका कामदारहरु कथमकदाचित् र्फकन पर्ने अवस्थाआएमा त्यस्ता पीडित कामदारलाई तोकिए बमोजिमको आर्र्थिक सहयोग उपलब्ध गराइने छ तर, आर्थिक सुविधा तोकेको समय र मापदण्ड भित्र परेका र फर्केका व्यक्तिले मात्र पाउने छन् ।
  • ७. एशोसिएसनका प्रतिनिधि एजेन्ट सदस्यलाई एशोसिएसनको नीति निर्देशन र नियन्त्रणमा रही काम गर्ने व्यवस्था मिलाइने छ र एशोसिएसनको निर्ण्र्ााो परिपालन गर्नु प्रतिनिधि एजेन्टहरुको प्रमुख कर्तव्य हुनेछ ।
  • ८. इजाजत प्राप्त प्रतिनिधि एजेन्टलार्इ्र आवश्यकता अनुसार पुरस्कार र दण्डको व्यवस्था गरिने छ ।
  • ९. नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसनको संगठनात्मक स्वरुप केन्द्र, क्षेत्र हँुदै जिल्लास्तरसम्म्को शाखा कार्यालय स्थापना गर्ने व्यवस्था गरिने छ । जिल्लास्तरको हकमा आवश्यकता अनुसारको उपशाखा कार्यालयहरुको पनि स्थापना गरिने छ, तर शाखा कार्यालयको व्यवस्था नहँुदासम्म जिल्लास्तरमा सर्म्पर्क कार्यालय स्थापना गरी कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
  • १०. जिल्लास्तरमा इजाजत प्राप्त प्रतिनिधि एजेन्ट र इजाजत प्राप्त नगरेका प्रतिनिधि एजेन्टको संख्या संकलन गरी अद्यावधिक गर्दै लगिने छ र इजाजतपत्र नलिएका प्रतिनिधि एजेन्टहरुलाई इजाजतपत्र लिन प्रेरित गरिने छ । निर्धारित समयभित्र इजाजतपत्र नलिने प्रतिनिधि एजेन्टलाई वैदेशिक रोजगारको निम्ति एजेन्ट प्रतिनिधिको काम गर्न कानुनत नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
  • ११. वैदेशिक रोजगार ऐन नियमावली बमोजिम वैदेशिक रोजगारीको लागि प्रत्येक प्रतिनिधि एजेन्टले इजाजतपत्र लिन रु. २ लाख रकम धरौटी बुझाउनु पर्ने कानुनी व्यवस्था भएकाले प्रतिनिधि एजेन्टको काम गर्ने सबै प्रतिनिधि एजेन्टहरुलाई अनिवार्य रुपमा इजाजतपत्र लिने व्यवस्था गराउन नेपाल सरकार, वैदेशिक रोजगार विभागबाट विशेष र दवावमुलक कार्यक्रमहरु सञ्चालनमा ल्याइने छ ।
  • १२. वैदेशिक रोजगारमा जान तयार भएका कामदारहरुको अन्तिम दर्ता नेपाल वैदेशिक रोजगार प्रतिनिधिएजेन्ट एशोसिएसनमा गर्नु पर्ने छ । प्रतिकामदार दर्ता शुल्क सम्बन्धी व्यवस्था कार्य प्रक्रियामा तोके अनुसार हुनेछ ।
  • १३. जिल्लास्तरका शाखा वा सर्म्पर्क कार्यालयहरुले एशोसिएसनमा अनिवार्य रुपमा मासिक प्रतिवेदन पठाउनु पर्नेछ ।
  • १४. प्रतिनिधि एजेन्टहरुले म्यानपावरहरुसँग सम्झौता नगरी र अन्तिम स्वीकृति नलिई कामदार पठाउने तथा भारतको विमानस्थल प्रयोग गरी विदेश पठाउने, सेटिङ्ग गरी कामदार पठाउने र कामदारसँग तोकिएको भन्दा बढी रकम असुल्ने, भिषा आउनु पर्ूव कामदारसँग पैसा लिने जस्ता कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।
  • १५. वैदेशिक रोजगारमा जाने कामदारले म्यानपावर कम्पनिसँग गर्ने श्रम सम्झौता, अन्तिम श्रम स्वीकृति, भिषा, मेडिकल रिपोर्ट, अभिमुखीकरण तालिम प्रमाणपत्र र टिकटको एक प्रति प्रतिनिधि एजेन्टसँग पनि रहने व्यवस्था गरिने छ । प्रमाणहरुको सत्य तथ्य यकिन गरेर मात्र कामदारलाई विदेश पठाउने व्यवस्था गरिने छ ।
  • १६. एजेन्ट प्रतिनिधिले कामदारलाई वैदेशिक रोजगारमा पठाउँदा एशोसिएसनले तोकेको दायराको मञ्जुरीनामा फारम भराएर मात्र पठाउने व्यवस्था गरिने छ ।
  • १७. म्यानपावर कम्पनि, स्वास्थ्य सँस्था तथा प्रतिनिधि एजेन्टले फिर्ता गर्ने रकम तथा आर्थिक राहतसम्बन्धमा कार्यविधिमा तोके अनुसारको व्यवस्थ्ाा गरिने छ ।
  • १८. प्रत्येक जिल्ला शाखा कार्यालय वा सर्म्पर्क कार्यालयमा ९ जना सदस्य रहने गरी कार्यसमितिको व्यवस्था गरिने छ ।
  • १९. नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसनको केन्द्रीय समितिमा क्षेत्रीय स्तरको प्रतिनिधित्व रहने गरी प्रत्येक विकास क्षेत्रबाट निर्वाचित एकजना सदस्यलाई क्षेत्रीय प्रतिनिधिको रुपमा केन्द्रको संचालक समितिमा पदेन सदस्य रहने
  • २०. वैदेशिक रोजगार ऐन २०६४ र नियमावली २०६४ लाई प्रतिनिधि एजेन्टको हकहित संरक्षण गरी व्यवसायिक मर्यादा स्थापना गर्ने अधिकार सहितका प्रावधानहरु राखी संशोधन गर्ने व्यवस्था मिलाइ कारवाही अगाडि बढाइने छ ।
  • २१. सदस्यता शुल्क, नवीकरण शुल्क र अन्य विभिन्न शुल्कहरु सम्बन्धमा कार्यप्रक्रियामा व्यवस्था भए अनुसार संकलन एवं वितरण गर्ने व्यवस्था मिलाइने छ ।
  • २२. केन्द्रीय स्तरमा र जिल्ला स्तरमा एशोसिएसनका पदाधिकारीहरुलाई एशोसिएसनको परिचय सहित एक दिनको कार्यकारी अभिमुखीकरण प्रशिक्षण दिई कार्यकारी क्षमताको विकास गरिने छ ।
  • २३. इजाजत प्राप्त प्रतिनिधि एजेन्ट सबैलाई एशोसिएसनको कार्यविधिको परिचय सहित प्रतिनिधि एजेन्ट सम्बन्धी कार्यको सिप एवं क्षमता विकास गर्ने गरी एकदिने तालिम संचालन गरिने छ ।
  • २४. प्रतिनिधि एजेन्टहरुको हकहित संरक्षण तथा मर्यादा स्थापित गर्ने क्रममा केन्द्र, क्षेत्र र जिल्ला स्तरमा विभिन्न किसिमका सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया आदिको आयोजना गरी वैदेशिक
  • रोजगारकारोवारमा संलग्नप्रतिनिधि एजेन्ट प्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिने छ ।
  • २५. एशोसिएसनको ५ वर्षो रणनीति कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिने छ ।
  • २६. प्रतिनिधि एजेन्टको व्यवसायिक एवं आर्थिक हितका विभिन्न पक्षहरुको अध्ययन गरी प्राप्त सुझाव अनुसार हित पर््रवर्धनका कार्यक्रमहरु सञ्चालनमा ल्याउने व्यवस्था गरिने छ । केन्द्रीय स्तरमा प्रतिनिधि एजेन्टहरुको सञ्चयकोष व्यवस्था गर्ने तर्फ विशेष अध्ययन गरी यथासम्भव कार्यान्वयन गरिने छ ।