A PHP Error was encountered

Severity: Notice

Message: Only variable references should be returned by reference

Filename: core/Common.php

Line Number: 257

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/nefegorg/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

A PHP Error was encountered

Severity: Warning

Message: Cannot modify header information - headers already sent by (output started at /home/nefegorg/public_html/system/core/Exceptions.php:185)

Filename: libraries/Session.php

Line Number: 675

Nepal Foreign Employment Agent Association

पृष्ठभूमि

वैदेशिक रोजगार व्यवसाय नेपालको आय आर्जनको मेरुदण्डको रुपमा रहन पुगेको छ । नेपालबाट रोजगारीको खोजीमा विदेश जाने कामदारहरुको संख्या र देशको सदस्य संख्या विस्तार हुन थालेपछि नेपाल सरकारले यो व्यवसायलाई व्यवस्थित बनाउने क्रममा वैदेशिक रोजगार ऐन,२०६४ र नियमावली २०६४ को व्यवस्था गरी यो व्यवसायलाई कानुनी स्वरुप र हक अधिकार प्रदान गरेको छ । यस क्रममा वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावर कम्पनिहरु, स्वास्थ्य संस्थाहरु र अभिमुखीकरण तालिम दिने प्रश्ािक्षण संस्थाहरु कानुनतः वैधानिक स्वरुप लिई संचालित र संवर्धित हँुदै आएका छन् भने अर्को तर्फस्थानीय तहदेखि नै व्यवसाय विस्तार गर्ने महत्वपर्ण्ा जगको रुपमा रहेको वैदेशिक रोजगार प्रतिनिधि एजेन्टको कार्य प्रक्रिया कानुनमा उल्लेख भए तापनि संगठित भई कानुन सम्मत ढंगले अगाडि बढ्न सकिरहेको छैन । प्रतिनिधि एजेन्ट व्यवसाय संगठित र कानुन सम्मत हुन नसक्दा जो कोहीले पनि वैदेशिक रोजगारमा प्रतिनिधि एजेन्टको रुपमा काम गर्ने, गलत ढङ्गले कामदारलाई देशबाहिर पठाइ अलपत्र पार्ने, गैरकानुनी ढंगलेे प्रतिनिधि एजेन्ट व्यवसायलाई नै अपराधीकरण गरी सोझासाझा कामदारलाई ठग्ने जस्ता गैरकानुनी कार्य गर्नाले यो व्यवसायमा लागेका इमान्दार तथा कर्मठ प्रतिनिधि एजेन्टलाई बद्नामीको घेरामा पारिरहेको छ ।


यस्तो कार्यले एकातिर गैरकानुनी किसिमले नेपाली कामदार विदेशमा पुगी अलपत्र परिरहेको अवस्था छ भने अर्कोतर्फकेही ठगहरुको गैरकानुनी क्रियाकलापले वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट व्यवसाय नै बदनाम हुन पुगिरहेको अवस्था छ । यतिखेर, कानुनी एवं गैरकानुनी दुवै किसिमले आफ्नो देशको विमानस्थल र नेपाल बाहिरको विमानस्थल प्रयोग गरी वैदेशिक रोजगारका लागि विदेशमा रहेका नेपाली कामदारहरुको अनुमानित संख्या ४० लाख भन्दा बढी रहेको अनुमान छ । त्यस्तै प्रत्येक वर्षकामको खोजीमा विदेशिने नेपाली युवाहरुको संख्या कहालीलाग्दो किसिमले बढ्दै गएको छ । यस्तो परिस्थितिमा कामको लागि विदेश जाने कामदारको पहिलो विश्वास र एकमात्र भरपर्ने व्यtmि भनेको प्रतिनिधि एजेन्ट नै हो। यो व्यवसायमा संलग्न प्रतिनिधि एजेन्टहरुलाई सुरक्षित, मर्यादित, भरपर्दो र इमान्ादार बनाउन आवश्यक भएकोले नेपाल सरकार वैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ र वैदेशिक रोजगार नियमावली २०६४ को दफा ४८ को कानुनी प्रावधानलाई प्रयोग गरी देशभरी छरिएर रहेका वैदेशिक रोजगारमा संलग्न प्रतिनिधि एजेन्टहरुलाई संगठित गरी एउटै सुत्रमा आवद्ध गरी उनीहरुको हकहित संरक्षण गर्दै पेशाको मर्यादा र सेवाको विश्सनीयता कायम गर्ने र यो व्यवसायलाई समाजमा मर्यादित रुपमा स्थापित गर्ने महत्वपर्ण्ा उद्देश्य लिई "नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एशोसिएसन"को स्थापना गरी सञ्चालनमा ल्याइएको छ । यो संस्थाको दृष्टिकोण -खष्कष्यल) अभियान र उद्देश्य एवं नीति र कार्यक्रम लगायतका विषय संक्षिप्त रुपमा यस अवधारणा पत्रमा प्रस्तुत गरिएको छ ।

दृष्टिकोणः

वैदेशिक रोजगार व्यवसायमा संलग्न तथा असंगठित रुपमा रहेका प्रतिनिधि एजेन्टहरुलाई संगठित गरी प्रतिनिधि एजेन्ट सम्बन्धी पेशाव्यवसायलाई कानुनी हक, अधिकार एवं कर्तव्यको दायराभित्र ल्याई समाजमा यस व्यवसायलाई सम्मान जनक रुपमा स्थापित गर्ने ।

अवियान

वैदेशिक रोजगार व्यवसायमा संलग्न प्रतिनिधि एजेन्टहरुको व्यवसायिक हकअधिकारको संरक्षण एवं सर्ंवर्धन गरी एजेन्ट व्यवसायलाई सुरक्षित, विश्वासिलो, इमान्ादार र जवाफदेही बनाइ व्यवसायीहरुलाई आत्मसम्मानका साथ समाजमा आफनो व्यवसाय विस्तार गर्ने वातावरण तयार पार्दै जाने ।

उद्देश्य

  • क) वैदेशिक रोजगार प्रतिनिधि एजेन्टहरुलाई व्यवसायिक हिसाबले संगठित गरी प्रतिनिधि एजेन्ट सम्बन्धी व्यवसायलाई सम्मानजनक किसिमले समाजमा स्थापित गर्ने ।
  • ख) वैदेशिक रोजगार व्यवसायमा संलग्न प्रतिनिधि एजेन्टहरुको व्यवसायिक हक, हित संरक्षण गरी व्यवसायिक कार्यलाई विश्वासिलो, भरपर्दो र जिम्मेवारीपर्ूण् बनाउने ।
  • ग) प्रतिनिधि एजेन्टहरुलाई व्यवसायिक क्षमता विकास गर्न व्यवसायसँग सम्बन्धित विषयको अल्पकालीन तथा दर्ीघकालीन तालिम दिने ।
  • घ) प्रतिनिधि एजेन्ट व्यवसायमा संलग्न्ा व्यिको काम, क्षमता, इमानदारिता र कामको गुणात्मक र संख्यात्मक गरी उत्तम कार्यसम्पादन गर्ने प्रतिनिधि एजेन्टलाई पुरस्कृत एवं सम्मान गर्ने ।
  • ङ) प्रतिनिधि एजेन्ट व्यवसायमा संलग्न्ा व्यिलाई व्यवसायिक कार्यको सिलसिलामा भवितव्य परी आर्थिक संकट आइपरेमा प्रक्रिया पुर्याई आवश्यक आर्थिक सहयोग गर्ने ।
  • च) प्रतिनिधि एजेन्टका जेहेन्दार बालबालिकालाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने
  • छ) "वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट समाज सेवा कोष" स्थापना गरी सो कोषबाट समावेशीरुपमा महिला, असहाय, गरीब, एवं पिछडिएका समुदायलाई आवश्यकता अनुसारको सशक्तिकरण सेवा र सहयोग प्रदान गर्ने ।
  • ज) प्रतिनिधि एजेन्टको व्यवसाय विस्तार एवं स्तर वृद्धि र कार्य सहजीकरणका लागि विभिन्न खोजमुलक अध्ययन अनुसन्धान गर्ने ।
  • झ) प्रतिनिधि एजेन्ट तथा वैदेशिक रोजगारका सम्बन्धमा निःशुल्क परामर्शसेवा प्रदान गर्ने ।
  • ञ्) वैदेशिक रोजगारमा जाने सेवाग्राही नेपाली कामदारहरुलाई कानुन बमोजिमको हकहितबारे आवश्यक जानकारीमूलक सामग्री तथा सूचनाहरु संचार माध्यम लगायत अन्य विभिन्न माध्यमहरुबाट प्रदान गरी सुसूचित गराउने ।
  • ट) वैदेशिक रोजगारका लागि विदेश गई अलपत्र परेका वा मेडिकल जाँचबाट अयोग्य भई र्फकन परेका कामदारहरुको उद्धारका लागि सरोकारवाला संघसंस्था तथा सम्बन्धित निकायसंग समन्वय गरी आवश्यक परेमा एशोसिएसनबाट आर्थिक सहयोगसहित आवश्यक पहल गर्ने ।
  • ठ) एम्बुलेन्स तथा शवबाहन सेवा समेत संचालन गर्ने ।

निचोड

  • न्ोपाल वैदेशिक रोजगार एजेन्ट एशोसिएसन हालै प्रतिनिधि एजेन्टको हकहित संरक्षण गरी स्वच्छ र स्वतन्त्र रुपमा मर्यादित ढंगले जिम्मेवारीका साथ वैदेशिक रोजगारीमा जाने कामदारको एजेन्ट प्रतिनिधिभई काम गर्ने वातावरण तयार पार्ने उद्देश्यले स्थापना भएको संस्था हो । छरिएर रहेका प्रतिनिधि एजेन्टलाई संगठित गर्ने, उनीहरुको पेशा व्यवसायलाई विश्वासिलो र मर्यादित बनाउने, व्यवसायलाई सम्मानजनक रुपमा समाजमा स्थापित गर्ने र यो व्यवसायभित्र रहेका विकृति विसंगति हर्टाई सेवालाई भरपर्दो बनाउनु यो स्ांस्थाका महत्वपर्ूण्ा कार्य हो । गैरकानुनी रुपमा सञ्चालन हँुदै आएको एजेन्ट व्यवसायलाई कानुनी दायरामा ल्याई वैधानिक रुपमा अगाडि बढाउनु यस संस्थाको महत्वपर्ूण्ा चुनौती पनि हो । समाजमा अपहेलित रुपमा रहेको तर, अति आवश्यक यस प्रतिनिधि एजेन्ट पेशा व्यवसायलाई हामी यो क्षेत्रमा संलग्न व्यक्तिको प्रयासबाट स्वच्छ व्यवसायिकता विकास गर्नु हाम्रो आवश्यकता भएकोले यसलाई सबै व्यवसायीहरुको सहयोगको आवश्यकता छ र यो संस्था आफ्नो उद्देश्य प्राप्तिका लागि निरन्तर लागि पर्ने छ भन्ने विषयलाई पनि सबैले बुझी आ-आफ्नो क्षेत्रबाट सहयोगको हात बढाउन एशोसिएसन हार्दिक अनुरोध गर्दछ ।